काठमाडौँ । साताको पहिलो दिन नेप्से ४७.४४ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १.७२ प्रतिशतले घटेर २६९७.९१ विन्दुमा बन्द भएको हो । दसैं बिदापछि खुलेको सेयर बजार ४ कारोबार दिन यता लगातार बढेको थियो ।
तर पाँचौ कारोबार दिनमा भने दोहोरो अंकले घट्यो । आज १८ कम्पनीको सेयर मूल्य बढ्यो भने २२६ कम्पनीको मूल्य घट्यो । कुल २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर किनबेच भए ।
आज ८८ हजार ७१४ पटकको सेयर किनबेचबाट ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ । कुल १३ उपसमूहमध्ये म्युचअल फन्ड स्थिर रह्यो भने अन्य सबै उपसमूह घटेका छन् ।