काठमाडौँ । सोमबार सेयर बजार परिसूचक (नेप्से) ४९ अंकले बढेको छ । समग्रमा १.८९ प्रतिशतले बजार बढ्दा परिसूचक २६४०.६८ बिन्दुमा उक्लिएको हो । सेन्सेटिभ इन्डेक्स १.५१ प्रतिशतले बढेको छ । सोमबार कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार कुल २२६ कम्पनीको मूल्य बढ्यो । यसमध्ये आत्मनिर्भर लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लाग्यो । सुपर मादी जलविद्युतको मूल्य ९.७० प्रतिशतले बढ्यो । सोमबार १२ वटा कम्पनीको मात्रै मूल्य घटेको छ ।
सेयर बजार परिसूचक ४९ अंकले बढ्यो