काठमाडौं,चाडपर्व लक्षित अनुगमन बढी संगै उद्योग वाणिज्य संघ काठमाडौंले मर्यादित व्यवसाय गर्न र कारबाहीबाट बच्नको लागि व्यवसायीहरूलाई सुझाव दिएको छ।संघले बुधबार एक सूचना जारी गर्दै भनेको छ। चाडपर्व लक्षित अनुगमन तीव्र रूपमा गरिरहेको सन्दर्भमा सम्पूर्ण उद्योगी व्यवसायीलाई सुसूचित हुन र उपभोक्ता हितलाई ख्यालमा राखी मर्यादित व्यवसाय गर्न, सम्भाव्य कारबाहीबाट जोगिन अनुरोध छ।
संघले कारबाहीबाट जोगिनका लागि १० बुँदामा ध्यान दिन आग्रह गरेको छ।यस्ता छन् संघले दिएका सुझावःमूल्य सूची अनिवार्य रूपमा बिक्री स्थलमा राख्नु पर्ने –व्यवसाय दर्ता प्रमाणपत्र बिक्री स्थलमा राख्नु पर्ने–स्थायी लेखा वा भ्याट दर्ता प्रमाण पत्र बिक्री स्थलमा राख्नु पर्ने–विलविजक जारी गर्दा प्यान वा भ्याटसहित जारी गर्ने साथै विलविजक दुरुस्त राख्नु पर्ने–मदिरा तथा सुर्तीजन्य पदार्थबिक्री–वितरण गर्दा अनिवार्य रूपमा अन्तःशुल्कमा दर्ता गर्नु ,म्याद नाघेको वा बिग्रिएको उपभोग गर्ने वस्तुहरू अलग्गै ठाउँ छुट्याएर राख्नु पर्ने।–गुणस्तर तथा नापतौल कार्यालयको दर्ता प्रमाणपत्र बिक्री स्थलमा राख्नु पर्ने।–गुणस्तरहीन वस्तुहरू बिक्री वितरण गर्न नहुने।–खाद्य तथा किराना पसलमा मदिरा र सुर्तीजन्य पदार्थसँगै बिक्री वितरण गर्न नहुने।–औषधी व्यवसायीले म्याद नाघेको औषधी बिक्री वितरण गर्न नहुने।