काठमाडौं । वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारबाट थप २० अर्ब रुपैयाँ झिक्ने भएको छ ।
निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १४ दिनका लागि बजारबाट उल्लिखित रकम झिक्न थालेको हो । उक्त बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थाले आज ९बिहीबार, मंसिर २८ दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । आज नै राष्ट्र बैंकले निक्षेप संकलन बिक्री गर्नेछ ।
अपेक्षित रूपमा कर्जा प्रवाह नबढेको र निक्षेप थपिने क्रम नरोकिएपछि तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले बजारबाट पैसा तानिरहेको छ । सोही क्रममा हालसम्म निक्षेप संकलन बोलकबोलमार्फत बजारबाट तानेकोमध्ये करिब ७० अर्ब रुपैयाँ अहिलेपनि लगानीमा (आउटस्ट्यान्डिङ) रहेको राष्ट्र बैंकले जनाएको छ ।
रेमिट्यान्स निरन्तर रूपमा बढेको, आयात बढ्न नसकेको, अपेक्षित रूपमा कर्जा माग नबढेकोलगायत कारण वित्तीय प्रणालीमा तरलता थपिने क्रम नरोकिएपछि राष्ट्र बैंकले ‘निक्षेप संकलन उपकरण’ मार्फत बजारबाट पैसा तान्न थालेको हो । बजारमा पैसा थपिने क्रम नरोकिादा अन्तरबैंक दर २ प्रतिशतभन्दा तल झर्न थालेपछि ब्याजदरमा स्थायित्व कायम गर्न बजारबाट पैसा तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।