Sunday, October 12, 2025

२०८२ आश्विन २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राहत, उद्धार, सीप विकास तथा समन्वयका कार्यक्रम आउँदो आर्थिक वर्षमा थप विस्तार हुने


राहत, उद्धार, सीप विकास तथा समन्वयका कार्यक्रम आउँदो आर्थिक वर्षमा थप विस्तार हुने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदार र उनीहरूका परिवारका लागि लक्षित राहत, उद्धार, सीप विकास तथा समन्वयका कार्यक्रम आउँदो आर्थिक वर्षमा थप विस्तार हुने भएको छ ।

वैदेशिक रोजगार बोर्डले मृतक कामदारका परिवारलाई आर्थिक सहायता, अङ्गभङ्ग तथा बिरामी कामदारलाई राहत, स्वदेश फिर्ता कामदारको उद्धार, वैदेशिक रोजगारमा गएकाहरुका सन्तानका लागि छात्रवृत्ति, स्वास्थ्य उपचार सहयोग, सीप विकास तालिम तथा सूचनासञ्चार गतिविधिलगायत कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको जनाएको छ ।

बोर्डको विवरणअनुसार गएको आर्थिक वर्षमा एक हजार दुई सय ५० मृतक कामदारका परिवारलाई राहत प्रदान गरिएको र वैदेशिक रोजगारमा जान चाहने १४ हजारभन्दा बढी युवालाई निःशुल्क सीप विकास तालिम दिइएको तथा महिला लक्षित आवासीय तालिम पनि बढाइएको उल्लेख  छ ।

वैदेशिक रोजगार सेवासम्बन्धी अन्तरक्रिया तथा तालिम कार्यक्रम विकेन्द्रीकरण गरी प्रत्येक पालिकासँग सहकार्य गरेर वैदेशिक रोजगारीमा जाने कामदार र परिवार लक्षित कार्यक्रम विस्तार गर्दै थप प्रभावकारी बनाइने कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले बताए ।