Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पोर्चुगलमा कन्सुलर सेवा


पोर्चुगलमा कन्सुलर सेवा

पोर्चुगल । पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट)वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा दिन सुरु गरेको छ । टोलीले बुधबारदेखि लिस्बनस्थित ओलाइसमा सञ्चालित घुम्ती शिविरबाट कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको हो ।

बुधबार पहिलो दिन एक सय पाँचवटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट)र ३९ वटा अन्य कागजात प्रमाणीकरण गरिएको टोलीले जनाएको छभने थप ३७ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि सङ्कलन गरिएको छ ।

प्रहरी रिपोर्टलगायत कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीको सहजताका लागि शिविर अवधि थप गरेर कन्सुलर सेवा दिन सुरु गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले बताए ।

टोलीले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत सम्पूर्ण कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्ने राजदूत भट्टराईले बताए ।