काठमाडौं । कीर्तिपुरको नयाँ बजार क्षेत्रमा ढल निकास गर्दा भत्काइएको सडकलाई सामान्य रुपमा कालोपत्रे गर्न खोजिएको भन्दै स्थानीयले विरोध गरेका छन् । ढल निकाशिकालागि भत्काइएको संरचनालाई आफुखुशी ठेकेदारले मनपरी गरेको भन्दै कीर्तिपुर नगरपालिका ९ वडाका अध्यक्ष तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालाले विरोध गरेका हुन् ।
भत्काइएका सडक कसरी र कसको अनुगमनमा टालटुल काम भैरहेको छ ? भन्दै स्थानीय सडकमा आइएका थिए । ठेकेदारका अनुसार ५० एमएमको गनुपर्ने इष्टिमेट रहेको बताए । माटोले पुरिएको खाल्डोमा अलकत्रा राख्न खोज्दा स्थानीयले विरोध गरेका थिए । वडा अध्यक्ष दिनेश श्रेष्ठ, वडा सदस्यहरु सुनील महर्जन र अनिल बास्कोटालगायतले आफुखुशी कालोपत्रे नगर्न आग्रह गरेको थिए ।