Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकियो


उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकियो

काठमाडौं । उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइएको  थियो । काठमाडौं उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहना पोखरी, नाग पोखरी, शङ्खमुल, कुपण्डोल, बोजे पोखरी, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदी किनार लगायतका स्थानहरूमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।