Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

पेट्रोल तथा डिजेलमा प्रतिलिटर चार रुपियाँ ५३ पैसा र ग्यास प्रतिसलिन्डर १५ रुपियाँ ७८ पैसा मूल्य बढ्यो


पेट्रोल तथा डिजेलमा प्रतिलिटर चार रुपियाँ ५३ पैसा र ग्यास प्रतिसलिन्डर १५ रुपियाँ ७८ पैसा मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबारदेखि लागु हुने गरी डिजेल, मटितेल, पेट्रोल र एलपी ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटरमा चार रुपियाँ, डिजेल—मटितेल प्रतिलिटरमा दुईरदुई रुपियाँ र ग्यास प्रतिसिलिन्डरमा १५ रुपियाँ मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर चार रुपियाँ ५३ पैसा र ग्यास प्रतिसलिन्डर १५ रुपियाँ ७८ पैसा मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य बढाएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार बजारमा पेट्रोल प्रतिलिटर १७० रुपियाँ, डिजेलरमटितेल प्रतिलिटर १५८ र ग्यास प्रतिसिलिन्डर एक हजार ९१० रुपियाँ पुगेको छ । हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले निगमले सोही अनुसार आन्तरिक बजारमा मूल्य बढाएको जनाएको छ । दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा घट्दै आएको पेट्रोलियम पदार्थको मूल्य अहिले आएर बढ्न गएको हो ।