Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घानाको आर्थिक अबस्था कमजोर हुदा नर्सहरु पलायन


घानाको आर्थिक अबस्था कमजोर हुदा नर्सहरु पलायन

एजेन्सी । कमजोर आर्थिक अवस्था भएका देशबाट उच्च आय भएका राष्ट्रमा नर्सहरूको पलायन नियन्त्रण बाहिर हुँदै गएको नर्सहरूको अन्तर्राष्ट्रिय संगठन आईसीएनले जनाएको छ । आईसीएनले अफ्रिकी देश घानाको उदाहरण दिँदै आर्थिक अवस्था कमजोर भएका देशबाट ठूलो संख्यामा नर्सहरू विकसित देशहरूमा गइरहेको बताएको हो । आईसीएनका सीईओ हवार्ड क्याटनले नर्स पलायनको अवस्था नियन्त्रणबाहिर पुगेको बीबीसीलाई बताएका छन् ।

‘विशेषगरी ६–७ वटा उच्च आयवाला देशमा यसरी नर्सहरू गइरहेका छन् । यसरी जानेमा अधिकांशजसो कमजोर आय भएका देशहरू छन् ।’ नर्सहरूको पलायनका कारण पश्चिम अफ्रिकी देश घानाले आफ्नो स्वास्थ्य क्षेत्रमा ठूलो संकट व्यहोरिरहेको बीबीसीले जनाएको छ । त्यहाँका विशेषज्ञ नर्सहरू राम्रो कमाइको आशामा विदेशतर्फ पलायन भइरहेका हुन् । सन् २०२२ मा मात्रै घानाका १ हजार २ सयभन्दा बढी नर्स बेलायतको नर्सिङ क्षेत्रमा आएको तथ्यांक छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले युरोपबाहिरका मुलुकबाट यस्ता कर्मचारीलाई आबद्ध गर्दै आएको छ । बेलायतले सक्रिय रूपमा घानाबाट आधिकारिक रूपमा नर्सहरू नल्याइरहेको जनाएको छ । तर, सामाजिक सञ्जालमा एनएचएसले गरेको विज्ञापन नर्सहरूले देख्ने र जागिरका लागि आवेदन दिने गरेका छन् ।

घानाको बिग्रँदो अर्थतन्त्र पनि नर्सहरूको पलायनको कारण बनेको छ । बेलायतकै केही एजेन्सीहरू अफ्रिकी देशबाट नर्स ल्याउन सक्रिय भइरहेको पाइएको छ, जसमा केन्या, नाइजेरिया, जिम्बाबे र दक्षिण अफ्रिका लगायत देश छन् । घानाको ग्रेटर एक्रा क्षेत्रीय अस्पतालको नर्सिङ प्रमुख गिफ्टी आर्यीले ६ महिनायता आफ्नो अस्पतालबाट २० नर्स बेलायत र अमेरिका गएको बताइन् ।