Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वीरका सात सय बेड आजैबाट निःशुल्क, वार्षीक ७ करोडको आर्थिक भार


वीरका सात सय बेड आजैबाट निःशुल्क, वार्षीक ७ करोडको आर्थिक भार

काठमाडौं, ९ असार । देशकै पुरानो तथा ठुलो वीर अस्पतालमा ७ सय बेडहरु निशुल्क भएपछि अस्पतालले वार्षिक रुपमा ७ करोडको आर्थिक भार बेर्हाेने भएको छ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले वीर अस्पतालको क्याबिन बाहेकका सबै सात सयवटा शय्यालाई निशुल्क गर्ने घोषणा गरेपछि अब वीर अस्पताललाई वार्षिक ७ करोडको घाटा हुने भएको छ । यसअघि जेनरल बेडको दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो ।

स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी परिषदले उक्त शय्या निःशुल्क गरेको हो । मन्त्री बस्नेतको निर्णयको कार्यान्वयन हुनेमा आशंका बढ्दै गएको कतिको भनाई छ । अहिले पनि वीर अस्पताल आर्थिक भारको सामना गर्दै आएको छ । यस्तो अबस्थामा निशुल्क हुदा थप समस्या आउन सक्ने कतिको भनाई छ ।

जेनरल बेड निःशुल्क गरे पछि वार्षिक रुपमा ७ करोडको आर्थिक भार पर्ने औँल्याउदै वीरका निर्देशक डा.सन्तोष पौडेलले यस विषयमा मन्त्रालयले शोध भर्ना दिनेछ । यसअघि वीरमा १० प्रतिशत शय्या निःशुल्क थियो भने जेनरल बेडको लागि प्रति शय्या प्रतिदिन २ सय सेवा शुल्क तिर्नुपर्थ्यो ।

सरकारको सहयोगसँगै शल्यक्रिया लगायतको सेवा सुविधामा वृद्धि गरेर थप आय आर्जन गर्न सकिने न्याम्सका शिक्षाध्यक्ष डा.लोचन कार्कीले बताए । सात सय जेनरल बेड आजैबाट निःशुल्क भएको छ । वीरमा जम्मा ९ सय ५० शय्या छन् । यस अन्तर्गत ७ सय जेनरल बेड र बाँकी रहेका २५० शय्या आईसीयु, क्याबिन, एचडी, पोष्ट अपरेटिभ लगायतका हुन् ।