काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आशंकामा १३ जनाबारे थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ । अनुसन्धान प्रतिवेदनमा तिनपुस्ते यकिन विवरण नखुलेका याम कुमार नाल्बो, सुरज श्रेष्ठ, पुनम कुमारी चालिसे, मिरा बम्जन र संजिव गिरी समेतलाई थप अनुसन्धान गर्न सरकारी वकिलले जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो । स्थायी वतन र तिनपुस्ते विवरण नखुलेकाहरुमाथि थप अनुसन्धान गर्न निर्देशन दिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले जनाएको हो ।
स्वर्णलक्ष्मी रकम अपचलन प्रकरणः १३ जनाबारे थप अनुसन्धान गर्न सरकारी वकिलको प्रहरीलाई निर्देशन