Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेबोनबाट थप ११ वटा नयाँ कम्पनीले पाए ब्रोकर लाइसेन्स


सेबोनबाट थप ११ वटा नयाँ कम्पनीले पाए ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ११ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ ।
सेबोन सञ्चालक समितिको बिहीबार बसेको बैठकले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो ।

जसमा सेबोनले बिहीबार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाशभैरव सेक्युरिटी, पाही इन्भेस्टमेन्ट, एसपीएसए सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लुचिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज छन् ।

योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या २९ पुगेको छ । सेबोनले यसअघि ब्रोकर लाइसेन्स प्रदान गरेको १८ वटा कम्पनीमध्ये ७ वटाले नेपाल स्टक एक्सचेन्जबाट कारोबार सदस्यता लिई सेवा सञ्चालन गरिसकेका छन्। एउटा कम्पनी मर्जरमा गएकोले बाँकी १० वटा कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्न नेप्सेले प्राविधिक र भौतिक पूर्वाधारबारे अध्ययन गरिरहेको जनाएको छ ।