Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एकैदिन २७ प्रतिशतसम्म बढ्यो तरकारीको भाउ


एकैदिन २७ प्रतिशतसम्म बढ्यो तरकारीको भाउ

काठमाडौं,चाडपर्व बेला तरकारीको भाउ घट्नुको साटो बढी रहेएको छ। एकैदिन तरकारीको मूल्य २७ प्रतिशतसम्मले वृद्धि भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजारको मूल्य सूची अनुसार अधिकांश तरकारीको खुद्रा भाउ बढेको पाइएको छ। मूल्यवृद्धि प्रतिशतका आधारमा सबैभन्दा धेरै लोकल सेतो मुलाको भाउ एकैदिन २७.२७ प्रतिशतले बढेको हो।

आज लोकल सेतेको मुलाको भाउ प्रतिकेजी २७ रुपैयाँ ५० पैसाबाट बढेर ३५ रुपैयाँ पुगेको छ।सबैभन्दा धेरै मूल्य वृद्धिको सूचीको दोस्रो स्थानमा भने लोकल काक्रो छ। आज लोकलको काक्रोको भाउ २६.५६ प्रतिशतले बढेर १०१ रुपैयाँ २५ पैसा पुगेको छ। हाइब्रीड काक्रोको भने प्रतिकेजी ६५ रुपैयाँ कायम भएको छ।आइतबार भारतीय ठुलो गोलभेडाको मूल्य पनि बढेर प्रतिकेजी ३७.६७ रुपैयाँ औसत मूल्य पुगेको छ।

तर, सानो लोकल गोलभेडको भाउ भने घटेर ३२ रुपैयाँ ६७ पैसा र टनेल गोलभेडाको ३६ रुपैयाँ कायम भएको छ। यस्तै, आज लोकल गाजरको भाउ पनि साढे १२ प्रतिशतले बढेर प्रतिकेजी १२० रुपैयाँ पुगेको छ। स्थानीय काउलीको भाउ पनि ९५ रुपैयाँबाट बढेर १०९ रुपैयाँ पुगेको छ।