Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शिव शंकर हाइड्रो इन्भेष्टमेन्टले साधारण सेयर जारी गर्ने


शिव शंकर हाइड्रो इन्भेष्टमेन्टले साधारण सेयर जारी गर्ने

काठमाडौँ । शिव शंकर हाइड्रो इन्भेष्टमेन्टले साधारण सेयर जारी गर्ने भएको छ । त्यसका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । यससम्बन्धी सम्झौतापत्रमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । उक्त हाईड्रो इन्भेष्टमेन्टले १ सय अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।