Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनआइसी एसिया बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न


एनआइसी एसिया बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं,एनआइसी एसिया बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभाले ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।आइतबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७९,८० को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६० र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश १७ करोड ६५ लाख ३ हजार २४०० वितरणको प्रस्ताव स्वीकृत गरेको हो।

वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ पुगेको छ। साथै, सभाले आर्थिक वर्ष २०७९,८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरण स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।