Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विदेशमा लुकेका सहकारी संचालकलाई इन्टरपोल लगाएरै भएपनि नेपाल ल्याउछौंः मन्त्री महर्जन


विदेशमा लुकेका सहकारी संचालकलाई इन्टरपोल लगाएरै  भएपनि नेपाल ल्याउछौंः मन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सहकारीका शेयर सदस्यहरुको रकम हिनामिनागरि विदेश बस्ने संचालकलाई इन्टरपोल लगाएर भएपनि नेपाल ल्याई कारबाही गर्ने बताएका छन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा ८ मा रहेको बोदीमाई मोडन एग्रो फरिष्टीको मंगलबार बिहान अबलोकन गर्दै मन्त्री महर्जनले सहकारीका नाममा जनताको पैसा उठाउने, त्यहि पैसाले विदेशमा गएर बसेकालाई नेपाल सरकारको संमन्वयनमा कारबाहि अघि बढाउने बताए ।

देशका धेरै नागरिकलाई सहकारी संचालकहरुले अप्ठेरो पारेको भन्दै त्यस्ता सहकारी संचालकलाई कारबाहि हुने उनले बताए । उनले अहिले ठुला सहकारी संस्थाका संचालक भाग्दा अन्य सहकारीलाई समेत समस्या परेको बताए ।

उनले यस विषयमा तत्काल मन्त्रालयले नीतिगत निर्णय अघि बढाउने बताए । उनले संघसँगपनि छलफल अघि बढेको अघि बढाउने बताए । उनले सहकारीका समस्याको अध्ययन भएकाले त्यसलाई आधार बनाएर सरकारले कार्यान्वयन गर्ने   बताए ।

काठमाडौंको कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश दर्शनधारीको निमन्त्रणामा बारा पुगेका मन्त्री महर्जनले देशमा रहेका हेरक सहकारीहरुले जनताको पैसा दिर्घकालिन परियोजनामा लगाउदा राष्टलाई नै फाईदा पुग्ने बताए ।

अध्यक्ष दर्शनधारीले मन्त्री महर्जनलाई फर्मका संरचना तथा भोलीको परियोजनाका बारेमा जानकारी गराएका थिए । मन्त्री महर्जनले अहिले सहकारीका नाममा जनताको पैसा उठाउने र त्यसले व्यक्तीगत संरचना बनाउने परिपाटी रहेको भन्दै त्यसलाई रोक्नु पर्ने बताए ।

विजनेस दर्शन डटकमसँग कुरा गर्दै उनले अहिले सहकारीमा आएको समस्याको समाधान सहकारी सदस्यबाटै हुने भन्दै,अहिले सहकारी सदस्यले नै संस्था बचाउनु पर्ने बताए ।

एग्रोको अवलोकन गर्दै म्नत्री महर्जनले सहकारीले देशका हितमा काम गर्नु पर्ने बताए । उनले फर्मको अवलोकलन गर्दै काठमाडौैंको कीर्तिपुरबाट आएर मधेशमा लगानी गरेको धन्यवाद दिए । 

भन्दै युवा व्यवसायी दर्शनधारीलाई धन्यवाद दिएका थिए । अवलोकनका क्रममा जितपुर उपमहानगरपालिकाका मेयर राजन पौडेलले अहिलेको आर्थिक तरलताकाबीचमा पनि लगानी जुटाउनु आफैमा ठुलो चुनौति हुने बताए ।

उनले भने, अहिले कृषिक्रान्तीको विषय उठेपनि त्यसको कार्यान्वयन नभएको बताए । उनले अहिले यो फर्म देख्दा अब भने कृषिमा युवाको आर्कषण छ भन्ने देखाएको बताए ।