Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

९ महिनामा नेपालमा करिब ५८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता


९ महिनामा नेपालमा करिब ५८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालले करिब ५८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेकोे छ । विदेशी लगानीकर्ताले साउनदेखि चैतसम्म ५७ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका उद्योग विभागले जनाएको छ ।

चैत महिनामा मात्र १३ अर्ब १७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो अघिल्लो वर्षको चैतको तुलनामा झन्डै १३ गुणा बढी हो । तथ्याङ्कअनुसार यस वर्ष ९ महिनामा कुल ४ सय ८० वटा उद्योग दर्ता भएका छन् । तीमध्ये चैतमा मात्र ५३ उद्योग दर्ता भएको  छ ।

उद्योग वर्गीकरणअनुसार पर्यटन र सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ । पर्यटनसँग सम्बन्धित १८९ र आईटीसँग सम्बन्धित १८५ उद्योग दर्ता भएका । यस्तै, सेवा क्षेत्रमा ६३, उत्पादनमा ३४, कृषि क्षेत्रमा ७, ऊर्जा र पूर्वाधारमा एकरएक उद्योग दर्ता भएका छन् ।

रकमका हिसाबले हेर्दा सबैभन्दा धेरै सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड र पर्यटनमा १८ अर्ब ३८ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता रहेको विभागले जनाएको छ । ९ महिनामा प्राप्त प्रतिबद्धता बमोजिम वैदेशिक लगानी भित्रिएमा थप १२ हजार ४३५ जनाले रोजगारी पाउनेछन् ।