Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालको बिजुली बंगलादेश पठाउने गृहकार्य अन्तिम चरणमा


नेपालको बिजुली बंगलादेश पठाउने गृहकार्य अन्तिम चरणमा

काठमाडौं । नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश लैजाने र भारतमा थप ५०० मेगावाट निर्यातको सम्झौता स्वीकृतिको अन्तिम चरणमा पुगेको छ । ४० मेगावाट बिजुली भारतको बाटो हुँदै बंगलादेश लैजाने र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) सँग २०० मेगावाट र पीटीसी इन्डियासँग ३०० मेगावाट बिजुली निर्यातको सम्झौता अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भारतको हरियाणा राज्यलाई विद्युत् आपूर्ति गर्ने गरी भारतीय विद्युत् व्यापार कम्पनी एनभीभीएनसँग ५ वर्षका लागि २०० मेगावाटको मध्यकालीन विद्युत् बिक्री सम्झौता र बिहार राज्यको प्रसारण पूर्वाधार प्रयोग गरी ३०० मेगावाटसम्म विद्युत् निर्यातका लागि पीटीसी, इन्डियासँग सम्झौतामा अन्तिम स्वीकृति मात्र बाँकी रहेको छ । बिजुली आयात बढ्दा गत वर्षको तुलनामा बिजुली आयात बढ्दा नाफामा कमी आएको प्राधिकरणको भनाई छ ।

गत आर्थिक वर्षमा प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरी आफ्नो सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको बताएको छ । अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड खुद नाफा कमाएको थियो । आर्थिक वर्ष ०७३÷७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेर नाफा गरेको प्राधिकरण त्यसपछिका आर्थिक वर्षहरूमा निरन्तर नाफामा छ । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना अघि बढाउने, १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजना विश्व बैंकको नेतृत्व र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एसियाली विकास बैंकको नेतृत्वमा ऋण लगानी गर्ने गरी अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

२१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौं र ६० मेगावाटको मोदी जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतासाथ अघि बढाइएको घिसिङले बताए । ४९० मेगावाटको अरुण–४ जलविद्युत् आयोजना भारतको सतलज जलविद्युत् निगमसँग र ६३८ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा बनाउने तयारी भएको प्राधिकरणले जनाएको छ ।