काठमाडौं । नेपालीहरुको महान पर्व दशैंमा पनि नेपाल आयल निगमका डिपोहरु सञ्चालनमा रहने भएका छन् । आयल निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको समयमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सहज बनाउन सातै प्रदेशका प्रादेशिक कार्यालय, केही शाखा र डिपो खुला रहने जनाएको छ ।
निगमले विदाको समयमा पेट्रेलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा केन्द्रीय कार्यालयमा खबर गर्न समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।