Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बिक्री भयो एनसेल, कस्ले किन्यो ?


बिक्री भयो एनसेल, कस्ले किन्यो ?

काठमाडौं । मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर एनसेलको ८० प्रतिशत बिक्री गरेको   छ । एनसेलको बाँकी सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको हो ।

स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन् । एनसेलमा २० प्रतिशत सेयर भएको सुनीभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारको स्वामित्व छ । गत बुधबार व्यावसायिक चुनौतीहरु बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख थियो ।

नेपालमा व्यवसायीक चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजिएटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका थिए ।

दूरसञ्चार क्षेत्रका जानकारहरूले भने एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरेका छन् । १६ भदौ २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो ।