Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं,शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९,८० को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।बैंकको मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३ रुपैयाँ रहेको छ। सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको छ।