Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतबाट पहिलो पटक कार्गो रेल आउँदै


भारतबाट पहिलो पटक कार्गो रेल आउँदै

काठमाडौं, १८ जेठ । भारतबाट आज विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदैछ । विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु आईसीपी मा निर्माण भएको कस्टम यार्डसम्म बिहीबारदेखि कार्गो रेल सेवा सञ्चालन हुन लागेको हो । सो कार्गो रेल भारतको बथनाहाबाट पहिलोपटक विराटनगर आउन लागेको हो।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगर आउनेछ । अहिले प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरपाद हाउसमा भेटवार्ता जारी छ ।

कार्गो रेल आउने भएपछि नेपाल र भारत दुबैदेशका उद्योगी व्यवसायी उत्साहित भएका छन् । कार्गो रेल सेवा सञ्चालन भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा कच्चा पदार्थको आयात र उत्पादित वस्तुको निर्यात कार्गो रेलबाट हुनेछ ।