Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिन्धुपाल्चोकको बलेफी गाउँमा दूध बेचेर करोडौँ भित्र्याउँदै किसान


सिन्धुपाल्चोकको बलेफी गाउँमा दूध बेचेर करोडौँ  भित्र्याउँदै किसान

काठमाडौं, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ४ विन्जेलका कृषकले दूध बेचेर एकै वर्षमा दुई करोड भन्दा बढी आम्दानी गरेका छन्। गाउँमै सञ्चालनमा गरेको विन्जेल दूध उत्पादक सहकारी संस्थाद्वारा दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन्। कृषक डिल्लीराम नेपालले एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दुध बेचेर ८ लाख २३ हजार ६ सय आम्दानी गरेको बताएका छन्। चारवटा गाई पालेका उनी दैनिक ३० देखि ३५ लिटरसम्म दूध बेच्ने गर्छन्।

अर्का कृषक ताराप्रसाद नेपालले पनि ११ हजार चार सय ५४ लिटर दूध बेचेर ६ लाख ८२ हजार एक सय ९९ आम्दानी गरेका छन्। त्यसैगरी, तोयानाथ नेपालले ११ हजार लिटर दूध बेचेर ६ लाख ३३ हजार तीन सय कमाउन सफल भएका छन्।मिहिनेत गर्ने हो भने घरमै बसेर मनग्य आम्दानी गर्न सकिने उदाहरण बित्तजेलका कृषकले देखाएका छन्। घरमै बसेर खेतीपाती र वस्तुभाउ दुवै पेसालाई सँगै लगेर लखपति बन्न सकेकोमा कृषक तोयानाथ खुसी छन्।

उनीजस्तै दुई सय ८० कृषकले नियमित रूपमा दूध बेच्दै आइरहेका छन्। उक्त संस्थाले गत आवमा मात्रै चार लाख ७७ हजार सात सय ७९ लिटर दूध संकलन तथा बिक्री गरेको व्यवस्थापक द्वारिका नेपालले बताए। दूध बिक्रीबाट मात्रै संस्थाले एक वर्षमा दुई करोड १ लाख १० हजार आम्दानी गरेको छ।

उक्त संस्थाले एक वर्षमा ७ करोड ५१ लाख २८ हजार ५ सय २२ को कारोबार गर्नुका साथै दूध बिक्री, ढुटो पिना खरिद तथा बिक्री र रासायनिक मल खरिद तथा बिक्रीको कारोबार पनि गर्दै आएको छ। संस्थाको सेयर सदस्य भने चार सय ३६ छन्। सबै सदस्य बचत कार्यक्रममा नियमित सहभागी रहँदै आएको संस्थाका सचिव मायानाथ नेपाल बताएका छन्।