Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त


नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बताए ।

प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो ।


प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । त्यसमध्ये पहिलो चरणमा पाँच जनालाई ‘सर्टलिस्ट’ गरिएको थियो । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्‍मा पुगेको थियो । अध्यक्षमा नियुक्त ३२ वर्षीय ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक उत्तीर्ण छन् । प्राधिकरणको अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघिका अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि उनी पदबाट स्वतः निलम्बन भएका थिए । त्यससँगै रिक्त रहेको प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले गत पुस २६ गते १५ दिनको समय राखेर आवेदन आह्वान गरेको थियो ।