काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त गरेको कर्णाली विकास बैंकको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । राष्ट्र बैंकले मंगलबार कर्णाली विकासमा समस्या देखिएको भन्दै निक्षेप संकलन र कर्जा लगानीमा रोक लगाएको थियो ।
तर बुधबारको सेयर बजारमा त्यसको कुनै असर देखिएको छैन । उल्टै कर्णालीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बुधबार कर्णाली विकास बैंकको मूल्य ७६.९० रुपैयाँ बढ्दै प्रतिकित्ता ८४५.९० कायम भएको छ । मंगलबार बजार बन्द हुँदा यसको मूल्य ७६९ रुपैयाँ थियो । बुधबार यो बैंकको २ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।