Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

‘चिल एन विन २.०’ क्याम्पेन सुरु


‘चिल एन विन २.०’ क्याम्पेन सुरु

काठमाडौं । कोका कोला नेपालले ‘चिल एन विन २.०’ क्याम्पेन सुरु गरेको छ । क्याम्पेनमा ग्राहकले एक कार र साप्ताहिक रूपमा ८ जनाले एक बाइक जित्न सक्नेछन् भने, ग्राहकहरुले दैनिक टप–अपसहित स्मार्टफोन समेत जित्नेछन् ।

क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ ।

कम्पनीद्वारा प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिनेछ । कोडहरू ‘चिल एन विन २.०’ क्याम्पेनको वेबसाइट ‘डब्लूडब्लूडब्लस् डट स्प्राईट डटकम डट एनजी’ मा र एसएमएस मार्फत ‘कोक स्पेस लेबलयूनिक कोड स्पेस पुरा नाम’ टाईप गरी ‘३४००१’ मा एसएमएस पठाउनु पर्नेछ । यसका साथै ग्राहकहरूले लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन् । सेप्टेम्बर १ देखि सुरु भएको क्याम्प आगामी अक्टोबर ३१ सम्म चल्नेछ ।