Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागीः चार करोड रुपैयाँ बराबरको क्षति


भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागीः चार करोड रुपैयाँ बराबरको क्षति

बाँके । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको मेडिकल स्टोरमा हिजो भएको आगलागीबाट चार करोड रुपैयाँ बराबरको क्षति भएको अस्पतालले प्रारम्भिक अनुमान गरेको छ ।

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् शर्ट सर्किट भई आगलागी हुँदा औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिए ।

उनका अनुसार घटनाको छानबिनका लागि अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । आगलागीका कारण भोलिसम्म भेरी अस्पतालको बहिरङ्ग (ओपीडी)सेवा बन्द गरिएको अस्पतालका मेसु डा.सुवेदीले बताए ।

आगलागीबाट अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधिसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने खोपलगायत सबै जलेर नष्ट भएकाले पनि ओपीडी सेवा प्रभावित भएको हो ।