काठमाडौं, सिद्धार्थ बिजनेस ग्रुपद्वारा नेपालगञ्जमा सञ्चालित भ्यु होटल सिद्धार्थ ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ। मिटिङ तथा कन्फ्रेरेन्स होटल रिसोर्टमा नेतृत्वदायी भूमिका खेलेको भन्दै सो अवार्डबाट होटललाई सम्मानित गरिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्ण न्यौपानेले बताएका छन्।नेपालसहित विभिन्न ६ राष्ट्रको प्रतिनिधित्व रहेको यस संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ।
जस अन्तर्गत यस वर्षको सो अवार्ड होटल सिद्धार्थ नेपालगञ्जले पाएको हो। होटलका तर्फबाट सो अवार्डकार्यक्रममा ग्रुपका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर निर्पेश श्रेष्ठ र क्लस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्ट सहभागी थिए। होटल सिद्धार्थमा विभिन्न क्षमताका ६ वटा हल छन्। १ हजार एक सय जना भन्दा बढी अट्ने हलसहितका अन्य हलहरूमा विभिन्न सभासम्मेलन गर्न सकिने होटलले बताएको छ।
चारतारे स्ट्याण्डर्डको होटल वि.सं.२०६५ भदौदेखि सञ्चालनमा आएको हो। होटलमा स्विट, जुनियर स्विट, फ्यामिली स्विट, डिलक्स र स्ट्याण्डर्ड प्रकृतिका १२५ वटा रुम छन्। होटल चारतारे भएपनि आफुहरुले पाँचतारे स्ट्याण्डर्डको सेवाहरू दिँदै आएको होटलको दाबी छ।होटलमा रेस्टुरेन्ट, इन्टरनेसनल कुजिन, रुफटम रेस्टुरेन्ट, पुल बार, डे डाइनिङ लगायतका सुविधा छन्। जहाँ ग्राहकले आफ्नो रुची अनुसारको अनुभव लिन सक्नेछन्। होटलमा १३ हजार ५०० स्क्वायर फिटमा फैलिएको ब्याङ्क्वेट हल रहेका छन्।