Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतसँग १० हजार विद्युत् व्यापार सम्झौता नेपालको आवश्यकताःऊर्जामन्त्री बस्नेत


भारतसँग १० हजार विद्युत् व्यापार सम्झौता नेपालको आवश्यकताःऊर्जामन्त्री बस्नेत

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता नेपालको आवश्यकतामा भएको बताएका छन् । नेपालमा आगामी १२ वर्षमा कम्तीमा २९ हजार मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण मन्त्रालयको रहेको मन्त्री बस्नेतले बताए ।

मन्त्री बस्नेतले नेपालमा विद्युत उत्पादन बढ्दै गएको तर आन्तरिक खपत सोही तवरमा नबढ्ने भएकाले भारतसँग सम्झौता गरेर नेपालमा उत्पादित विद्युत् बेच्ने सम्झौता भएको जानकारी दिएका हुन् । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा मन्त्री बस्नेतले भने, भारतसँग ऊर्जा सम्झौता आजको नेपालको आवश्यकता थियो ।

यसले मुलुकको समृद्धिमा टेवा पुर्‍याउँछ । मन्त्री बस्नेतले नेपालमा पछिल्लो समय उत्पादन भइरहेको विद्युत् परियोजनाको क्षमता हेर्दा अबको १२ वर्षमा २९ हजार मेगावाटसम्म उत्पादन हुने मन्त्रालयको प्रक्षेपण रहेको भनाइ राखेका  थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गत मे ३१ देखि जुन ३ सम्म भएको भ्रमणका क्रममा दुवै मुलुकका सचिवहरूबीच १० हजार मेगावाट विद्युत व्यापार गर्ने दीर्घकालीन सम्झौतामा हस्ताक्षर भएको सोही आधारमा जनवरी ४, २०२४ मा भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौतामा पूर्ण हस्ताक्षर भएको मन्त्री बस्नेतले जानकारी दिए । यस सम्झौताले अन्तरदेशीय प्रसारण लाइनको अधिकतम उपयोग सुनिश्चित हुने पनि मन्त्री बस्नेतको भनाइ थियो ।

यो सम्झौताले क्षेत्रिय विद्युत् व्यापार प्रवर्धन हुने उनले दाबी गरेका थिए । नवीकरणीय ऊर्जा त्यसमा पनि मुख्यतः जलविद्युत परियोजनामा नेपाल र भारतको संयुक्त लगानीलाई प्रोत्सहन गर्नमा यो सम्झौताले बल पुग्ने उनको भनाइ थियो । नेपाल र भारतबीच भएको ऊर्जा सम्झौता २५ वर्षका लागि भएको र प्रत्येक १० वर्षमा स्वतः नवीकरण हुने व्यवस्था रहेको पनि मन्त्री बस्नेतले बताए ।