Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुधार देखिएको सेयर बजार दोहोरो अंकले घट्यो


सुधार देखिएको सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । अघिल्ला तीन दिन लगातार बढेको बजार बिहीबार भने ११.८५ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से १८५२ विन्दुमा कायम भएको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ७८ करोड २७ लाख रुपैयाँको कारोबार भएकोमा बिहीबार ८३ करोड ६० लाख रुपैयाँको कारोबार भयो । कुल ५७ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने ५ को स्थिर रह्यो । बिहीबार कुनै पनि क्षेत्रका सूचक हरियो हुन सकेन । सबै उपसमूहका सूचक घटेका   छन् ।