Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विस्तारित कर्जाको तेस्रो किस्ता दिन आईएमएफ सहमत


विस्तारित कर्जाको तेस्रो किस्ता दिन आईएमएफ सहमत

काठमाडौं । विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको तेस्रो किस्ता दिन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सहमत भएको छ । हाल नेपालमा रहेको आईएमएफको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री प्रकाशशरण महत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत विभिन्न उच्च अधिकारीलाई भेटेको थियो ।

खासगरी अर्थमन्त्री महत र गभर्नर अधिकारीले ईसीएफ लिँदा सरकारले गरेको समग्र अर्थतन्त्रमा सुधार गर्ने प्रतिबद्धता कार्यान्वयन गर्ने आश्वासन पाएपछि आईएमएफको टोली तेस्रो किस्ता निकासा गर्न सहमत भएको हो ।

असोज ४ देखि १७ सेप्टेम्बर २१ देखि अक्टोबर ५ सम्म आईएमएफको टोली नेपाल भ्रमणमा छ । नेपालका लागि मिसन चिफको नेतृत्वमा आईएमफको टोली नेपाललाई दिइएको विस्तारित कर्जा सुविधा (एक्स्टेन्डेट क्रेडिट फ्यासिलिटी) अन्तर्गत भइरहेका सुधार कार्यक्रमको कार्यान्वयन अनुगमन गर्न आएको हो ।

आईएमएफको कार्यकारी समितिले पारित गरेपछि मात्रै यो सहयोग नेपालले प्राप्त गर्नेछ ।खआईएमएफले ईसीएफमार्फत नेपाललाई प्रदान गर्ने ४९ अर्ब रुपैयाँ विस्तारित कर्जा सुविधाअन्तर्गतको तेस्रो किस्ता दिन सहमति जनाएको हो । यसअनुसार अब आईएमएफले तेस्रो किस्तामा करिब पौने ७ अर्ब रुपैयाँ ५ करोड १३ लाख डलर दिनेछ ।

यससँगै नेपालले कुल ४९ अर्ब रुपैयाँमध्ये २७ अर्ब ११ करोड रुपैयाँ २० करोड ५४ लाख डलर सहयोग प्राप्त गर्नेछ ।खनेपालको वित्तीय क्षेत्र सुधार र बजेटरी प्रणाली सुधारका लागि आईएमएफले यो सुविधा प्रदान गरिरहेको छ । यसअघि सरकारले आफ्नो प्रतिबद्धताविपरीत आयात प्रतिबन्ध गरेको, प्रतीतपत्रमा नगद मार्जिनको व्यवस्था गरेकोलगायत कारण देखाएर दोस्रो कित्ता पनि रोकेर लामो समयपछि मात्र भुक्तानी दिएको थियो । तेस्रो कित्ता भने समयमै दिन सहमति जनाएको हो । नेपाल सरकारले वित्त क्षेत्र र मौद्रिक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाउँदै आईएमएफसँग ०७८ पुसमा विस्तारिक कर्जा सुविधा लिएको थियो ।