Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चाँदीको मूल्यमा ४ बर्षयताकै उच्च, आज कतिमा भईरहेको छ कारोबार ?


चाँदीको मूल्यमा ४ बर्षयताकै उच्च, आज कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार चाँदीको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च भएको छ । गत फागुनमा बनेको उच्च मूल्यको रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत फागुन २९ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ पुगेर उच्च रेकर्ड बनेको थियो । सुनचाँदी बजारमा पछिल्लो ४ वर्षमै चाँदीको मूल्य दोब्बर भएको छ । २०७६ साल जेठ २७ गते चाँदीको मूल्य प्रतितोला ७१५ रुपैयाँ थियो । यो ४ वर्षको अवधिमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ ।

चाँदीको मूल्य दोब्बर हुँदा सुनको मूल्य भने दोब्बर हुन सकेको छैन । सो दिन सुनको मूल्य प्रतितोला ६२ हजार ३ सय रुपैयाँ थियो भने हाल १ लाख १२ हजार ५ सय रुपैयाँ छ । सुनको मूल्यले भने एक साताअघि जेठ १९ गते हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँको रेकर्ड बनाएको छ । डलरको मूल्यवृद्धि तथा बजेटबाट करका दर बढाइँदै जाँदा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धिदर अन्तर्राष्ट्रय बजारमा भन्दा उच्च हुने गरेको छ ।

 

सम्बन्धित सामग्री