काठमाडौँ । ग्लोबल आइएमई बैंक अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरेका छन् । कर्मचारीहरूले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फायदा लिन सकिने अध्यक्ष ढकालको भनाइ थियो ।
बैंक १९ वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रममा बैंकलाई नेपालकै अम्बल बैंक बन्ने बताए हुन । उनले कुनै पनि बैंकको डिपोजिट बराबरको रकम ग्लोबल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताए । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिब ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुसीको कुरा भएको उनको भनाई थियो ।