Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आजदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक


आजदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारलाई लक्षित गर्दै आजबाट सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का मेडालियन सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले कात्तिक १९ आजदेखि २४ गतेसम्म सिक्का बिक्री गर्ने बुधबार सूचनामार्फत जानकारी गराएको हो । राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २।५ ग्रामका सुनका सिक्का (असर्फी) र विभिन्न दरका गाई अंकित, गणेश अंकित र गजलक्ष्मी अंकित चाँदीका सिक्का बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले दसैंअघि (गत असोज ७ देखि) राष्ट्रिय जनावर गाईको चित्र अंकित मेडालियन सिक्काको बिक्री वितरण सुरु गरेको थियो । त्यस यता बबरमहलस्थित टक्सार महाशाखाले १० र २५ ग्रामका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री गरिरहेको छ ।

दर उल्लेख नगरी निस्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ । १० ग्राम सिक्काको मूल्य १ हजार ६ सय रुपैयाँ र २५ ग्राम सिक्काको मूल्य ४ हजार रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको महाशाखाले जनाएको छ । दुवै प्रकारका सिक्कामा ९९९ टचको चाँदी प्रयोग गरिएको राष्ट्र बैंकको दाबी  छ ।