काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायब गरेको भए आफू जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले आफूलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाएको भन्दै सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए ।
संसदीय समितिमा रुँदै प्रस्तुत भएका सदस्य सचिव थापाले यस विषयमा न्याय माग्न आत्महत्या गर्नुपर्ने हो भन्दै प्रश्न गरे । उनले राष्ट्र बैंकसँगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको तर्क गरे ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले के भने ?
कहिले काही मलाई लाग्छ काम मात्रै हुदोँ रहेछ आँखा चाही हुदोरहेन छ कि जस्तो लाग्छ । मैले क्षमाको साथ भने । मलाई दुःख लाग्छ । जहाँ छ सुनको जलहरीको कुरा हो, म एउटा आध्यात्मक क्षेत्रमा लागेको ब्यक्ति भगवान पशुपतिनाथको कृपाले कोषाध्यक्ष भएर फेरी सदस्य सचिव बन्ने मौका पाए । मेरो कार्यक्षमता आफ्नै छ । र मलाई धेरै जनाले सायद चिन्नुपनि हुन्छ होला । मलाई पशुपतिको भेटी तलमाथि गरेर कुनै जग्गा जमिन बेचेर खानु छैन, म खादिन । मेरो २ वटा सन्तान छन् ।
म चिसो पानी हाल्न चाहान्छु, तातोपानी हाल्न चाहदिन् । र धनी र गरिब मर्दाखेरी एउटै कात्रो ओडेर जाने ठाउँ हो पशुपति । मैले यत्ति बुझ्ेको छु । यो भन्दा धेरै बुझ्ेको छैन । चाहो महलमा बसेपनि छाप्रोमा बसेपनि काल त एउटै हो नी । कोही छिट्टो मर्छन कोही अलि ढिलो मर्छन । त्यसैले गर्दाखेरी यो सुनको जलहरी मैले न्याय माग्न के मैले पनि आत्महत्या गर्नुपर्ने हो ? मान्य ज्यूहरु ?
(आँखाबाट आएको आशुपुछ्दै) म यो सुनको जलहरीको समितिको संयोजक हो । यसमा नेपाल राष्ट्र बैंकले दिएको सम्झौता अनुसार हामीले सुन लिएर आएको छ । १ सय ३ केजी । त्यतिखेर हामी एउटा राज्यको निकाय बाट मनोनित भएपछि, हामी कर्मचारी हो । राज्यको प्रमुखहरुले जे निर्देशन दिनुहुन्छ हामीले त्यही गर्ने हो । के हामीले गलत गर्याै ?
त्यतिबेला सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यू हुनुहुन्थ्यो । सम्माननिय राष्ट्रपति ज्यू हुनुहुन्थ्यो, बिद्या भण्डारी ज्यू हुनुहुन्थ्यो । उहाँहरुको निर्देशनमा हामीलाई शिवरात्रीभरीमा त्यो सक्काउनु भन्नुभएको थियो त्यो हामीले सक्कायौं । गल्ती के गर्याै ? एउटा कुरा ।
अर्काे कुरा नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने त ? सुनको जलहरीमा नेपाली सेना २४ घण्टा डिउटी गरेको भिडियो यदाँ कदाँ आईरहेको छ अनलाईनमा । सेनालाई विश्वास गर्ने कि नगर्ने ?
यो सुन हराएकोमा सेनाले जिम्मा लिन पर्ने कि नपर्ने ?भनेर मैले प्रधानसेनापति ज्यू सँग पनि कुरा गरेको थिए यो बिषयमा ।
हो यो गलत भएको हो । त्यहाँ लेख्ने कुरामा त्रुटिपूर्ण भएको हो । महाआयोगमा बयान दिनजादाँ पनि मलाई लाग्छ, सबै जनाले यो बयानमा जोख्नुस्, जोख्नुस् भनेर आयोगमा बयान दिदाँ सबैको एकमत छ जोख्नुपर्छ भनेर । यति त्रुटिपूर्ण भएको हो ।
हामीले सुनको जलहरी हाल्दै गर्दा, हाम्रोे प्रदेश सांसद नरोत्तम बैध, र अधिवक्ता निकिता ढुगांना, उहाँहरुले सुनको जलहरी हाल्नुुहुन्न भनेर अदालत बाट अन्तरिम आदेश ल्याउँनु भयो ।
९६ किलो ८ सय ९२ किलो सुन तयार भईसकेको छ १० केजी भएको छैन भनेपछि हामीले माईनेटमा नलेखिएको मात्रै हो । १० केजी सुन भगवानले शिवले पहिरेर राख्नु भएको छ । कि जोख्दा खेरी थाहाँ हुन्छ नी पित्तल हाल्यो कि चाँदी हाल्यो ।
ठिक छ, यदि १० केजी सुन पुगेन भने मलाई मुत्युदण्ड दिदाँ हुन्छ, म मुत्युदण्ड लिन तयार छु । (उनले रुदै भने)आज मेरो गाउँभरी बेईजत भयो । मेरो २ जना सन्तान छन् ।
अन्यथा नलिनुहोला । म कमजोरी होइन फेरी । तर राज्यले कमजोरी बनायो नि त । आयोगले छानबिन गर्न नपर्ने ? पटकपटक हामीलाई मुद्धा चलाउँछु भनि राखेको छ । जोखेर मुद्धा चलाउ न । म च्यालेन्ज हो, पुगेन भने फासी देउ भनेको । तर हाम्रा पत्रकार साथीहरुले यथात् नबुझी घरी सुन चोर भनेर मिडियामा निकालदिनु हुन्छ । मेरो २ वटा बच्चा छन् । के मेरो बच्चाको भविष्य अन्धकार बनाईदिने ? राज्यको त्यही नीति हो ? त्यसो भने कुनै पनि राजनैतिक पाटीहरुले नियुक्ति गर्नुभएन । यो पशुपति क्षेत्रविकास कोष नै राख्नुभएन । होइन भने एउटा कर्ताको रुपमा हामी काम गर्न गएको हो । काम गर्दाखेरी बाधा अड्चन आउँछ, के हामीले साच्ची नै हामी भ्रष्टचारी गरेर खाएका छौं भने, हामीलाई मुत्युदण्ड दिनु हाम्रो सम्पत्ति सारा खोस्नु पर्याे । हामी तयार छौं म च्यालेन्जको साथ भन्छु । तर यस्तो होइन कि हामीले गल्ती नै नगरिकन सारा चिज चाही सुन चोर भनेको छ । घरी यति केजी चाँदी मिसाएको भनेको छ । ल्याब टेस्ट गरे भयो नि त, अहिले त प्रविधीको जमाना हो ।म कहाँ न्याय माग्न जाने ? मैले आज अवसर पाए ।
म गए अस्ति सम्माननिय राष्ट्रपति ज्यूकोमा पनि गए, प्रधानसेनापति ज्यूूको मा पनि गए म । र पूर्वप्रधानमन्त्री ज्यूकोमा पनि गए म ।
हजुरहरु सबै बैदिक सनातन धर्मालम्बी हो । पशुपतिको मन्दिरमा एउटा माला लिन कति घण्टा बस्नुपर्छ, के त्यहाँ १० केजी सुन खान सकिन्छ हजुर ? परिकल्पना गरि बक्यो त हजुर ? एउटा जल चडाउन १ घण्टा बस्नुपर्छ । त्यसकारण यो सुनको जलहरीको हौवा पिटाएर मलाई यस्तो लाग्छ मैले कुन दिन पाप गरेर पशुपति क्षेत्रविकास कोषमा आए भनेर ।
यहीको केही साथीहरुले आयोगमा उजुरी हाल्दिनु भयो । १० केजी सुन तलमाथि गर्याै भनेर । त्यत्तिको लागि मात्रै म सदस्य सचिव बनेर आएको हो । राज्य त एउटा शक्ति हो नि त, राज्यले जे पनि गर्न सक्छ हामीलाई । यदि राज्यले त्यो चाहिनि सुन खाएको हो भने त अहिले लगेर हालिदिए भयो नि त, जेल । कमसेकम मलाई पनि शान्ति हुन्छ सुन खाएको रहेछु अनि मैले जेलको सजाय भोगी भनेर । होइन भने अनाथमा भगवान शिव सुन लगाउने अनि हामी बदनाम भएर हिड्ने ? त्यसकारणले म एकदम पिडित छु । मान्यज्यूहरुले अन्यथा नलिबक्सेला, पत्रकार साथीहरुले पनि अन्यथा नलिनु होला ।
जुन दिन जोखेर सुन पुग्दैन त्यो दिन म काल कोठीमा जान तयार छु । होइन भने पत्रकार साथीहरुले पनि यस्तो जे पायो त्यही नलेखिदिनु होला । सबैको इज्जत हुन्छ म एउटा गाउँको किसानीको छोरा हो । मेरो पनि इज्जत छ तर म सुन चोर चाही होइन के । तर पशुपतिमा आएर मलाई सुन चोरेर आएर खान पर्दैन ।