Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तिहार र छठ पछि झिनो अंकले बढयो सेयर बजार


तिहार र छठ पछि झिनो अंकले बढयो सेयर बजार

काठमाडौं । तिहार र छठ पर्वपछि खुलेको सेयर बजार अन्ततः झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १.३९ अंक बढेर १८५३ मा कायम भएको हो । कारोबार रकम भने १ अर्ब ९ करोड नाघेको छ । ११९ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने ६ को स्थिर रह्यो । खासगरी सोमबार होटल, उत्पादन र माइक्रोफाइनान्स उपसमूहमा भारी गिरावट आएको छ ।

होटल तथा पर्यटन १.८३, उत्पादन १।९१ र माइक्रोफाइनान्स उपसमूह १.४२ प्रतिशतले घटे । होटल तथा पर्यटन उपसमूह तिहारअघि केही बढेकाले यो क्षेत्रमा नाफा बुक गर्नेहरु बढेको देखिन्छ । त्यस्तै अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको पहिलो त्रैमासिक वित्तीय विवरण खराब आउँदा बजारमा असर परेको छ । ब्यापार उपसमूह सबैभन्दा धेरै १.४२ प्रतिशत बढ्यो ।

अंकका आधारमा बैंकिङ २, विकास बैंक ४४, फाइनान्स ५, हाइड्रोपावर ६, जीवन बीमा ९४, निर्जीवन बीमा ७१ र व्यापार उपसमूह ३७ अंक बढे । अन्य १, माइक्रोफाइनान्स ४८, उत्पादन ९५ र होटल तथा पर्यटन उपसमूह ९१ अंक   घटे । ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंकको मूल्य करिब १० प्रतिशत बढेको छ । त्यस्तै समाज लघुवित्तको ८, साहस ऊर्जाको ७.७ प्रतिशत मूल्य बढ्यो ।

हाथवे इन्भेस्टमेन्ट कम्पनीको ७.२, खानीखोला हाइड्रोपावरको ६.३ प्रतिशत मूल्य बढ्यो । फरवार्ड माइक्रोफाइनान्स, सयपत्री हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युतको मूल्य १० प्रतिशत घट्यो । हिमालयन डिस्टिलरीको ७ र पिपुल्स हाइड्रोपावरको ५।३ प्रतिशत मूल्य घटेको छ ।

विशेषतः पहिलो त्रैमासिक वित्तीय विवरण खराव आउँदा यी कम्पनीको मूल्यमा भारी गिरावट आएको हो । माथिल्लो मैलुङखोलाको भने आजैबाट दोस्रो बजारमा कारोबार सुरु भएको हो ।