Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

दक्षिण कारियामा कृषिमा सिक्दै कमाउँदै, युवा कृषि उद्यमी र कृषि पढेका विद्यार्थीलाई अवसर


दक्षिण कारियामा कृषिमा सिक्दै कमाउँदै, युवा कृषि उद्यमी र कृषि पढेका विद्यार्थीलाई अवसर

काठमाडौं । सरकारले दक्षिण कारियामा कृषिमा सिक्दै कमाउँदै कार्यक्रमका लागि युवा कृषि उद्यमी र कृषि पढेका विद्यार्थी पठाउने भएको छ । १६ कात्तिकमा नेपाल र दक्षिण कोरिया बीच भएको दुई देशको कृषि विकास सहकार्य कार्यक्रमको समझादारीमा युवा कृषि उद्यमी र विद्यार्थी पठाउने विषय समेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । हाल इजरायलमा कृषि स्नातक विद्यार्थी जाने गरेका थिए । सोही कार्यक्रमका लागि इजरायल गएका १० जना विद्यार्थी गत महिना हमास विद्रोहीको निशानामा परी ज्यान गुमाए भने एक जना अझै बेपत्ता छन् । इजरायलको कार्यक्रम युद्धका कारण प्रभावित भएपछि वैकल्पिक गन्तव्यको रुपमा सरकारले दक्षिण कोरिया छनोट गरेको हो ।