Tuesday, July 29, 2025

२०८२ श्रावण १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंक पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का निकाल्दै


राष्ट्र बैंक पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का निकाल्दै

काठमाडौं, नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका सिक्का निकाल्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले १५ करोड थान सिक्का निकाल्ने प्रक्रिया अघि बढाइएको हो। गाई चिह्न अंकित सिक्का निकाल्न सरकारले स्वीकृति दिइसकेको छ। दशैंपछि टेण्डरको प्रक्रिया थाल्ने राष्ट्र बैंकले बताएको छ। यसअघि राष्ट्र बैंकले १ र २ रुपैयाँ दरका सिक्का निकाल्दै आएको थियो।राष्ट्र बैंक २० र ५० रुपैयाँ दरका सिक्का पनि निकाल्ने योजना बनाएको छ।

यस्तै राष्ट्र बैंकले यसपटक चाँदीका गाई छाप सिक्का निकालेको छ। फाइन सिल्भरमा गाई छाप अंकित सिक्का निकालिएको हो। १० ग्रामको २० हजार थान र २५ ग्रामको १५ हजार थान सिक्का निकालिएको छ। १० ग्रामको सिक्कालाई १ हजार ६ सय र २५ ग्रामको सिक्कालाई ४ हजार रुपैयाँ पर्छ।

बैंकले ९.९९ क्यारेटको १० ग्राम, ५ ग्राम र २.५ ग्रामका असर्फी पनि निकालेको छ। असर्फीको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले तोक्ने सुनको मूल्य र अन्तर्राष्ट्रिय बजारको मूल्यलाई तुलना गरेर तोकि बिक्री गरिने टक्सार महाशाखाले बताएको छ।