Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उड्डयन प्राधिकरणले ३६ अर्बको बजेट ल्याउने तयारी


उड्डयन प्राधिकरणले ३६ अर्बको बजेट ल्याउने तयारी

काठमाडौं, २ साउन। नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षमा ३६ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।
प्राधिकरणको सञ्चालक समितिको सोमबार बसेको बैठकमा व्यवस्थापनका तर्फबाट प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ३६ अर्ब रुपैयाँको बजेट प्रस्ताव पेस गरेका हुन् ।

सो बैठकमा अधिकारीले पेस गरेको बजेटका विषयमा थप अध्ययन गर्न सञ्चालक समिति सदस्य शोभाकान्त पौडेलको नेतृत्वको समिति गठन गरेको छ ।
प्राधिकरणले ६ अर्ब २५ करोड रुपैयाँ नेपाल सरकारको ऋण र शेयर लगानीबाट प्राप्त हुने र बाँकी रकम आन्तरिक स्रोतबाट जुटाउने गरी बजेट प्रस्ताव पेस गरेको हो । प्राधिकरणले विमानस्थल सेवा शुल्क, उडान अवतरण शुल्क, व्यवसायीक भवन लगायतबाट आम्दानी गर्छ । उक्त रकम प्राधिकरणको सञ्चित कोषमा जम्मा हुने व्यवस्था छ ।

गत वर्षसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुबाट १ हजार रुपैयाँ लिने गरेको प्राधिकरणले उक्त रकम एकैचोटी ३ हजार यात्रु सेवा शुल्क पु¥याएको छ ।

यस्तै, विगतमा आन्तरिक विमानस्थलमा यात्रा गर्दा २ सय रुपैयाँ लिने गरेकोमा हाल त्यसलाई वृद्धि गरि ५ सय रुपैयाँ पु¥याएको छ । यात्रुले खरिद गर्ने टिकट मूल्यमा यो रकम जोडिएको हुन्छ ।
प्राधिकरणका एक कर्मचारीका अनुसार पोखरामा नयाँ टर्मिनल भवन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति लगायतका योजना प्रस्तावित बजेटमा समेटिएका छन् ।