काठमाडौं , १९ असार । लगातार तीन दिन दिन घटेको सेयर बजार मंगलबार बटेको छ । यस दिन परिसूचक नेप्से १२.७३ अंक बढेर २०८८ अंकमा कायम भएको छ । कारोबार रकम भने जम्मा २ अर्ब ५७ करोडमा खुम्चिएको छ । यसअघि हिजो ४ अर्ब ५ करोडको कारोबार भएको थियो ।
कुल १४५ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो भने ९ को स्थिर रहृयो । सबै उपसमूहका सूचक बढेका छन् ।जसमध्ये बैंकिङ १, विकास बैंक ३१, फाइनान्स ३५, होटल १३३, जलविद्युत् ३, जीवन बीमा ३०, उत्पादन ४०, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ७८, अन्य २४ र ब्यापार उपसमूह १५ अंक बढे ।
सिटी होटलको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मानुसी लघुवित्त र सिंगटी हाइड्रोको ६ प्रतिशत हाराहारीमा मूल्य बढ्यो । बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष, एनएलजी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र सोल्टी होटल क्रमशः अगाडि रहेका छन्।