काठमाडौं । आफ्ना नियमित ग्राहकहरूलाई भाटभटेनी सुपर स्टोर्सले यो वर्ष २२ करोड भन्दा बढी रुपैयाँ बराबरको भौचर उपहारको घोषणा गरेको छ । यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले आफूले पाएको गिफ्ट भौचर बराबरको सामग्री देशभर फैलिएको २७ वटा भाटभटेनी स्टोर्समा जहाँबाट पनि खरिद गर्न सक्नेछन् ।
यो उपहार भाटभटेनी क्लबका सदस्यता प्राप्तगर्ने मध्येका एक लाख नौ हजार ग्राहकहरूले प्राप्त गर्नेछन् । भाटभटेनी क्लबमा सदस्य रहेका लाखौँ ग्राहकमध्ये एक लाख नौ हजार ५२९ जनाले गिफ्ट भौचर प्राप्त गरेको सीओओ पानु पौडेलले जानकारी दिए ।
कम्तीमा १३ सयदेखि २ लाखसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेका छन् । यसरी बाँडिने गिफ्ट भौचर कूल २२ करोड ५२ लाख ४९ हजार ३२४ रुपैयाँ बराबर हुनेछ । सीओओ पौडेलका अनुसार गिफ्ट भौचर बाँड्ने कार्य २०८१ माघ ६ गते देखि फागुन ९ गतेसम्म रहने छ ।