Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

३३ करोडको फिल्म असफल भएपछि आत्महत्या गर्ने सोच बनाएका कपिल शर्मा अहिले बने ३ सय करोडका मालिक


३३ करोडको फिल्म असफल भएपछि आत्महत्या गर्ने सोच बनाएका कपिल शर्मा अहिले बने ३ सय करोडका मालिक

काठमाडौं । एक भारतीय स्ट्यान्ड–अप हाँस्य कलाकार, टेलिभिजन प्रस्तुतकर्ता, अभिनेता र निर्माता हुन्, कपिल शर्मा। कपिल ‘द कपिल शर्मा सो’को प्रस्तुतीकरणका लागि परिचित छन्। यसभन्दा पहिले उनले टेलिभिजन हास्य कार्यक्रमहरू ‘कमेडी नाइट्स विथ कपिल’ र ’फ्यामिली टाइम विथ कपिल’ आयोजना गरेका थिए।

बलिउडमा कपिल शर्माको चर्चा चुलिंदो छ । भारतमा मात्रै होइन, विश्वका अन्य देशमा पनि उनका दर्शक र फ्यानको संख्या ठूलो छ। ५ सय रुपैयाँबाट करिअर सुरु गरेका कपिल अहिले ३ सय करोडभन्दा माथिका मालिक बन्न सफल छन्। तर उनले यहाँसम्म आउँदा गरेको यात्रा त्यत्ति सहज भने थिएन। कपिलको यात्रा निकै उतारचढावले भरिएको छ। बुवाको निधनपछि परिवारको जिम्मेवारी कपिलको काँधमा आयो। उनी पहिलो कमेडी शोको अडिसनबाट अस्वीकृत भए, त्यसपछि त्यही तेस्रो सिजनको विजेता बने। त्यसपछि भने कपिल बिस्तारै सफलताको बाटोमा हिँड्न थाले।
उनले धेरै कमेडी शोको एक हिस्सा बनेर काम गरे, एक विजेता बने र लोकप्रियता कमाए। त्यसपछि बलिउडमा डेब्यु गरे तर जीवनमा एक पल यस्तो पनि आयो, जसले गर्दा उनी डिप्रेसनमा परे। उनको अवस्था यति बिग्रियो कि उनले आत्महत्याबारे सोच्न थाले। उनी आत्महत्या गर्न चाहन्थे। यही समय उनी रक्सीको लतमा फसे। एकदिन नशाको अवस्थामा अमिताभ बच्चनलाई भेट्न समेत गए। श्रीमती गिन्नी र परिवारले उनलाई यो खराब अवस्थाबाट बाहिर निकाले। त्यसपछि उनी बिस्तारै काममा फर्किए।

सन् २०१५ उनले फिल्म ‘किस किस प्यार करूँ’बाट बलिउडमा डेब्यु गरेका थिए। यसपछि उनी २०१७ मा ‘फिरंगी’ मा देखिएका थिए। जुन, फिल्म उनले आफैँ निर्माण गरेका थिए र फिल्म बनाउन कपिलले ३३ करोड रुपैयाँ लगानी गरेका थिए। रिलिजपछि फिल्म बक्स अफिसमा नराम्ररी फ्लप भयो। कपिलले यो असफलता सहन सकेन, जसका कारण उनी डिप्रेसनमा गए। फिल्म रिलिज हुनुअघि पनि उनको अवस्था खासै राम्रो थिएन। ती दिनहरु उनी निकै कम महसुस गरिरहेका थिए, जसका कारण उनले रक्सी पिउन थाले। घरको चार पर्खालमा थुनिएर बसेका थिए। अवस्था यति नाजुक बनेको थियो कि उनले आत्महत्या गर्ने सोच्न थाले। उनी आफ्नो मनको कुरा कसैसँग पनि बाँड्न हिचकिचाउँथे। यो असफलतापछि उनी मानिसहरूको सामना गर्न डराए। तर, परिवारको सहयोगमा उनले यो खराब अवस्थाबाट आफूलाई बाहिर निकाले।

टेलिभिजनमा सबै दर्शकले रुचाएकै कारण ओर्माक्स मिडियाले शर्मालाई सन् २०१६ अप्रिलमा सबैभन्दा लोकप्रिय भारतीय टेलिभिजन व्यक्तित्वको दर्जा दिए। फोर्ब्स भारतले समेत सन् २०१६ र सन् २०१७ मा उसको सेलिब्रेटी १०० सूचीमा कपिललाई क्रमशः ११औँ र १८औँ स्थानमा राखेको थियो। सन् २०१३ मा, उनी मनोरञ्जन विधामा वर्षको सिएनएन–आइबिएन भारतीय पुरस्कारबाट सम्मानित भएका थिए । त्यसैगरी, सन् २०१५ मा इकोनोमिक टाइम्सद्वारा सर्वाधिक प्रतिष्ठित भारतीय व्यक्तित्व सूचीमा तेस्रो स्थान पाएका थिए।