Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चोभार सुक्खा बन्दरगाहमा नयाँ सवारी आउन सुरु


चोभार सुक्खा बन्दरगाहमा नयाँ सवारी आउन सुरु

काठमाडौं, २२ असार । चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारीसाधन आउन सुरु भएका छन् । एक सातामा २५ नयाँ सवारी भित्रिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले बताएको छ । सांग्रिला मोटर्स प्रालिलिले चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास गर्ने गरी सिट्रोन कार ल्याएको समितिले बताएको छ ।

असार १४ मा १० र २० गते १५ वटा गरी २५ वटा सवारी भित्रिएका छन्, समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने इलेक्ट्रिक गाडी पनि चोभार सुक्खा बन्दरगाहमा ल्याउने तयारी भइरहेको बताइएको छ ।

डेढ अर्ब रुपैयाँ भन्दा बढी लागतमा निर्माण भएको बन्दरगाह सुस्त भएपछि व्यापारी फकाउनमा समितिको जोड छ । भन्सार प्रक्रियाका लागि चोभार आइदिन समितिले निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई आग्रह गरिरहेको छ । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाललाई आग्रह गरिरहेको छ ।

वीरगन्ज भन्सारमा करिब २ हजार सवारी रोकिएको र त्यसको केही हिस्सा चोभार ल्याइदिन समितिले आग्रह गर्दै आएको छ । सवारीसाधन ल्याउनमा नाडाले सहजीकरण गरेको छ ।०७५ माघ ३ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बन्दरगाह ०७८ चैत २२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेका थिए । तर अहिलेसम्म पनि बन्दरगाह पूर्ण क्षमतामा चल्न सकेको छैन ।