Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उद्योग व्यवसायीलाई दुःख दिएर मुलुक चल्दैनःमन्त्री रिजाल


उद्योग व्यवसायीलाई दुःख दिएर मुलुक चल्दैनःमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग व्यवसायीलाई दुःख दिएर र अनावश्यक समस्यामा पारेर मुलुक चल्न नसक्ने बताए । उद्योग सङ्घ मकवानपुरको २२ औँ साधारणसभा तथा अधिवेशनको शनिबार हेटौँडामा उद्घाटन गर्दै उनले उद्योग व्यवसायीमाथि राजनीतिक दल, सरकारलगायतका क्षेत्रबाट हेर्ने अहिलेको दृष्टिकोणमा परिवर्तन आवश्यक भएको बताए ।

भौतिक संरचना निर्माणका ठूला योजना र सरकारी स्वामित्वको उद्योगहरु सार्वजनिक निजी साझेदारीको अवधारणमा सञ्चालन गर्नुपर्छ मन्त्री रिजालले भने, होइन भने सरकारको लगानी मरभूमि पानी हाले सरह हुने छ ।

मन्त्री रिजालले औद्योगिक क्षेत्रले हाल लिँदै आएको घर जग्गाको भाडा दर घटाउनु आवश्यक भएको भन्दै सरकारले उद्योग धन्द चलाउनेभन्दा उद्योग चलाउने वातावरण बनाइदिने हो उनले भने । उद्योगको संरक्षण गर्नु सरकारको दायित्व भएको र यसप्रति सरकार प्रतिवद्ध रहेको बताए ।

प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले उद्योग मैत्री वातावरण निर्माण आवश्यक भएको बताउँदै आयातलाई प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । यस्तै प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले मयुरधाप औदोगिक क्षेत्र सञ्चालन गर्नु पर्नेमा जोड दिँदै।

युवालाई देशमा नै रोक्न नयाँ उद्योग स्थापना र बन्द उद्योग सञ्चालन आवश्यक भएको धारणा व्यक्त गरे । प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्देशका सभापति ईन्द्रबहादुर बानियाँले आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी समस्या परेको बताउँदै विकास खर्च गर्ने क्षमता बढाउनु आवश्यक भएको बताए ।

उद्योग सङ्घ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलको अध्यक्षतमा भएको कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्त, औद्योगिक क्षेत्र उद्योग महासहासङ्घ अध्यक्ष रामहिरा पाठक, उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाल, उद्योग सङ्घ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बद्रीनाथ शर्मालगायतले उद्योग सम्बन्धी नीतिगत सुधार आवश्यक भएको बताए । यस्तै, सङ्घको साधारण सभाको अवसरमा गोरखापत्रका बागमती प्रदेश संयोजक राममणि दाहाललाई सम्मान गरिएको थियो ।