Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ओरेण्टल को–अपरेटिभको बचत फिर्ता लिन निवेदन आह्वान(सूचना सहित)


ओरेण्टल को–अपरेटिभको बचत फिर्ता लिन निवेदन आह्वान(सूचना सहित)

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अचल सम्पत्ति लिई ओरेण्टल को–अपरेटिभको बचत फिर्ता लिन चाहनेलाई निवेदन दिन आह्वान गरेको छ ।

समस्याग्रस्त घोषित ओरेण्टल को–अपरेटिभ लिमिटेडको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि सहकारी ऐन, २०७४ को दफा १०५ बमोजिम यस समितिसमक्ष लेखि आएकोले बचत बराबरको अचल सम्पत्ति लिन चाहनेसँग आवेदन मागिएको सूचनामा उल्लेख छ ।

उक्त सहकारी संस्थाको विभिन्न ऋणीहरूको नाममा भक्तपुर जिल्ला साबिक गुण्डु गाविसमा रहेका जग्गाहरूमध्येबाट यस कार्यालयमा मागदावी पेस गरेका मागदावी कर्ताहरूले आफ्नो बचत रकम बराबरको मूल्यको जग्गा स्वेच्छाले लिई मागदावी फिर्ता गर्न चाहेमा यो सूचना प्रकाशित भएको १५ दिनभित्र यस समितिको कार्यालय बुद्धनगर, काठमाडौंमा निवेदन पेस गर्नु हुन सरोकारवालाहरुको लागि यो सूचना प्रकाशित गरिएको छु, सूचनामा भनिएको छ ।