Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुनेमा सांसद गगन थापाको जोड


भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुनेमा सांसद गगन थापाको जोड

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भ्रष्टाचारमा ५ वर्षे हदम्यादको प्रस्ताव हटाउनुपर्छ भन्ने आफूहरुको स्पष्ट प्रस्ताव रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले भ्रष्टाचारमा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने गरी प्रस्तुत विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको स्मरण गरे ।

‘अहिले संसदमा केही विधेयक विचाराधीन छन् । पर्सि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल छ । भ्रष्टाचार र अख्तियारसँग सम्बन्धित विधेयक छ । नेपाली कांग्रेसका सांसदहरुको हदम्याद हटाउनुपर्छ भन्ने हाम्रो स्पष्ट प्रस्ताव छ,’ उनले भने ।

भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था प्रस्तावित छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन विधेयकमा भएको व्यवस्था अनुसार, निश्चित अवधिभित्र अनुसन्धान नभए उनीहरुमाथि मुद्दा चल्ने छैन ।