Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सर्वोच्चमा भोलीबाट बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ हुँने


सर्वोच्चमा भोलीबाट बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ हुँने

काठमाडौं । दसैँ सुरु भएसँगै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ गर्ने भएको छ । शुक्रबार एक सूचना निकाल्दै कोजाग्रात पूर्णिमासम्म महत्वपूर्ण मुद्दाको सुनुवाइ नहुने उल्लेख गरेको छ ।

प्रशासन शाखाले जारी गरेको सूचनामा २८ असोजदेखि ११ कात्तिकसम्म सर्वोच्च अदालत बन्द रहने जनाइएको छ । यद्यपि, घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक भने सीमित सेवा प्रवाह हुने उल्लेख छ । ‘अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

शुक्रबारसम्म सर्वोच्चमा ४४ वटा बन्दीप्रत्यक्षीकरणका रिट थिए भने चार हजार नौ सय ९२ वटा अन्य रिट विचाराधीन रहेको अभिलेख छ । सोही अवधिसम्म सर्वोच्चमा २८ हजार एकवटा मुद्दा बाँकी छन् । जसमध्ये १५ हजारभन्दा बढी दुई वर्ष नाघेका छन् भने चार हजार दुई सय ५८ वटा मुद्दा दुई वर्ष पुराना छन् ।