Wednesday, December 04, 2024

२०८१ मंसिर १९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर नगपालिका वडा नं ६ स्थित चोभार स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा


कीर्तिपुर नगपालिका वडा नं ६ स्थित चोभार स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा

काठमाडौं । कीर्तिपुर नगपालिका वडा नं ६ स्थित चोभार स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सांसद राजन केसीले प्रयोगशालाको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा सांसद केसीले स्थानीय तहमै प्रयोगशाला स्थापना हुदा काठमाडौंका विभिन्न अस्पताल र प्रयोगशाला सम्म धाउनु नपर्ने बताए । वडा अध्यक्षम खीरमान सिंह बस्नेत(पृथ्वी)ले स्थानीय तहको स्वास्थ्य चौकीमा पनि अत्याधुनिक सेवा स्थानीयलाई दिन पाउनु एतिहासिक विषय भएको बताए ।

उनले अहिलेपनि कुनै सामान्य समस्याको पहिचान प्रयोगशालाबाट गर्नुपर्ने अबस्थामा स्थानीयहरु काठमाडौं तथा ललितपुरका विभिन्न अस्पतालमा पुग्ने गरेको बाध्यताबाट छुट्कारा मिलेको बताए । उनले प्रयोगशालाले जनताका अपेक्षा पुरा गर्ने बताए ।

कार्यक्रममा नगरपालिकाका स्वास्थ्य प्रमुख सन्तमान मानन्धरले घरअघि नै प्रयोगशाखा बन्नु स्थानीय तहले जनतालाई प्रदान गर्ने स्वास्थ्य सेवाको अधिकार प्रत्याभूति भएको बताए । उनले अहिलेपनि सामान्य परिक्षणकालागि ठुला अस्पताल जानु पर्ने अबस्थामा स्वास्थ्य शाखाबाटै सो सुविधा प्रदान हुदा खर्च कम, समयको बजत हुने बताए ।