Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

एनसेलले पठायो प्राधिकरणलाई जवाफ


एनसेलले पठायो प्राधिकरणलाई जवाफ

काठमाडौं । एनसेल आजिएटाको सेयर खरिद-विक्री प्रक्रियामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ‍मागेको स्पष्टीकरणको जवाफ एनसेलले पठाएको छ । मंसिर १३ मा घोषणा भएको एनसेलको ८० प्रतिशत शेयर स्वामित्व हस्तान्तरण प्रक्रिया सम्बन्धमा प्रश्न उठाउँदै प्राधिकरणले मंसिर १४ मा एनसेललाई पत्र पठाएको थियो ।

प्राधिकरण स्रोतका अनुसार एनसेलले मंगलबार त्यसको जवाफी पत्र पठाएको र यस विषयमा विस्तृत अध्ययनपछि मात्रै आफ्नो भनाइ सार्वजनिक गर्ने प्राधिकरणको तयारी छ ।


प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को ४ (क) अनुसार अनुमतिप्राप्त व्यक्तिले आफ्नो शेयर खरिद-विक्री गर्नुपूर्व स्वीकृति प्राप्त गर्नुपर्ने र दूरसञ्चार नियमावली २०५४ को १५ (ट) बमोजिम चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी खरिद-विक्री गर्नुपूर्व प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था भएको र सोको पालना नगरिएको भन्दै स्पष्टीकरण मागेको थियो ।

प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले यसअघि एनसेल सेयर खरिद-विक्री सम्बन्धमा कुनै आधिकारिक जानकारी नआएको र दूरसञ्चार नियामकसँगको प्रक्रिया पालना नभएको बताएका थिए ।